जातीय भेदभावविरुद्ध ‘आवाज’को र्याली

पाेखरा | चैत ७, २०७९

जातीय भेदभावविरुद्ध ‘आवाज’को र्याली

पोखरा:  जातीय समानताको लागि लामो समयदेखि काम गर्दै आएको संस्था ‘आवाज’ले मंगलबार पोखरामा शान्तिपूर्ण र्याली निकालेको छ ।

 
५८ औँ अन्र्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा निकालिएको र्याली पोखरा १६ मा निकालिएको हो । उक्त अवसरमा आवाजका अध्यक्ष प्रकाश सुनारले नेपाली समाजले अझैपनि जातीय विभेदलाई परास्त गर्न नसकेको बताए । 


अध्यक्ष सुनारले भने ‘जातीको आधारमा मान्छेमाथि गरिने विभाजन र भेदभाव मौलिक अधिकारको उल्लंघन हो । यस विभेद अन्त्यका लागि सबै आआफ्नो ठाउँबाट संवेदनशील हुन आवश्यक छ ।’ त्यस्तै, वडा १६ का सदस्य रामचन्द्र पौडेलले जातीय विभेद अन्त्य गर्न सबैले आफ्नो स्थानबाट प्रयास गर्नुपर्ने बताए । 


‘गणतन्त्रमा जातीय विभेदको स्थान छैन’ वडासदस्य पौडेलले भने ‘संविधानमा प्रदत्त अधिकारले कसैलाई कुनैपनि आधारमा भेदभाव गर्न पाइँदैन ।’
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्